खोटाङ । बेपत्ता भएको १३ दिनपछि १४ वर्षीय बालकको शव फेला परेको छ। गत चैत ३ गतेदेखि बेपत्ता भएका बराहपोखरी गाउँपालिका–३ साउनेचौंरका रञ्जित राईको शव सोमबार बराहपोखरी गाउँपालिका–१ बराहपोखरीको राँकुली खोला र न्याउले खोलाको दोभानमा फेला परेको प्रहरीले जनाएको छ।
शव चिन्न नसकिने अवस्थामा पुगिसकेकाले लगाएको लुगाका आधारमा बालकको पहिचान गरिएको वडाध्यक्ष शम्भु निरौलाले बताए। रञ्जत शारीरिक अपांगता भएका बालक थिए। घरभन्दा करिब चार घन्टा टाढा रहेको अप्ठ्यारो भिरमुनि खोलामा भेटिएको हो। खोलामा शव फेला परेपछि स्थानीयले परिवारलाई पहिचानका लागि खबर गरेका थिए।
बेपत्ता भएको चार दिनसम्म पनि फेला नपरेपछि आफन्तले खोजीका लागि प्रहरीलाई तस्बिरसहित निवेदन दिएका थिए । उनले पूर्ण अपांगताको भत्ता लिँदै आएको वडाध्यक्ष निरौलाले बताए। ‘हामी हिँड्न सक्नेलाई नै चार घन्टा लाग्छ त्यो ठाउँमा पुग्न,’ वडाध्यक्ष निरौलाले भने, ‘अशक्त मान्छे एकदमै अचम्मको ठाउँमा पुगेको छ। विकट ठाउँबाट झरेको देखिएको छ।’
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १८ चैत्र २०७७, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव
अटो दुर्घटनामा वेपत्ता यात्रुहरु मध्ये २ जनाको शव फेला
सुटकेशभित्र एक महिलाको शव फेला
मर्स्याङ्दी किनारमा शव फेला