काठमाडौं । बंगलादेशमा कोभिड–१९ दोस्रो लहरलाई नियन्त्रण गर्ने नीति अन्तर्गत एशियाली यस मुलुकले बेलायतलगायत युरोपेली देशबाट आएका यात्रीहरूलाई दुई हप्ता अलग बस्नुपर्ने घोषणा गरेको छ ।
बंगलादेशको नागरिक उड्ययन प्राधिकरण (सीएएबी) ले सरकारी निर्देशन अनुसार मंगलबार विदेशी यात्रुबारे नयाँ नीति सार्वजनिक गर्दै अर्को सूचना नभएसम्म यही बुधबारदेखि यात्रुहरूलाई सरकारी सुविधा वा सरकारले तोकेको होटेलमा यात्रु स्वयम्ले खर्च व्यहोर्ने गरी क्वारेन्टिनमा बस्नुपर्ने सूचना सार्वजनिक गरेको हो ।
बंगलादेशमा सोमबार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् पाँच हजार ४२ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमणको नयाँ लहरविरूद्ध नयाँ रणनीति र नियन्त्रणको उपाय सार्वजनिक गरिएको हो ।
बंगलादेशमा सन् २०२० को मार्च ८ मा पहिलो पटक सङ्क्रमण भेटिएपछि महामारी नियन्त्रणका लागि सरकारले लिएको कडा उपायका कारण यो वर्षको सुरूसम्ममा सङ्क्रमण दरमा नियन्त्रण आएपनि पुनः सङ्क्रमण फैलिएपछि सबै सरकारी तथा गैर–सरकारी संघसंस्थाहरूले सावधानीका लागि पहल थालेका बताइएको छ ।
बंगलादेशमा अहिलेसम्म छ लाख पाँच हजार ९३७ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने आठ हजार ९९४ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । मङ्गलबार सङ्क्रमित ४५ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १७ चैत्र २०७७, १८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला