लहान । सिराहा प्रहरीले लहानस्थित मालपोत कार्यालयमा विस्फोट गराउने दुई जना मुख्य आरोपीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा सुखिपुर नगरपालिका ५ का रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका ३ का २६ वर्षीय अभिमन्यू गिरी पक्राउ परेका हुन्। उनीहरूलाई प्रदेश प्रहरी कार्यालय र सिरहा प्रहरीको विशेष टोलीले सोमबार सुखिपुर नगरपालिका ५ बाट पक्राउ गरेको हो।
आरोपीहरुले घटना गराएको स्वीकार गरेका लहान प्रहरीले जनाएको छ । विस्फोटमा आठ जना घाइते भएका थिए। घटना गराउनुको उद्देश्यबारे पनि आरोपीले केही खुलाएका छन्। उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ चैत्र २०७७, १७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जगदम्बा स्टिल उद्योगमा विस्फोट, कम्तीमा १ मजदुर घाइते
तेलङ्गनामा विस्फोट, ३४ जनाको मृत्यु
बाजुरामा विस्फोट हुँदा एक महिलाको मृत्यु
पाकिस्तानको लाहोरमा लगातार तीनवटा विस्फोट
इजरायलको तेल अभिभमा तीन वटा बसमा विस्फोट
ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते