काठमाडौँ । पछिल्लो २४ घण्टामा १ सय ६७ जना कोरोना संक्रमित थपिएसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय १५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ७ सय २७ पुगेको छ । हाल देशभर १ हजार ३ सय ९० जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ चैत्र २०७७, १५ : ५५
लेखकबाट थप