काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी केन्द्र अलग हुने गरी भएको फैसला सर्वोच्च अदालतले सच्याउने विश्वास व्यक्त गरेका छन् ।
गत फागनु २३ गते नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता अस्वीकार गर्दै दुबै पार्टी अलग अलग हुने फैसला सुनाएको थियो ।
प्रचण्डले उक्त फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमा निवेदन दिएपछि पत्रकारहरुसँग भने ‘एकतावद्ध भइसकेका दललाई विभाजित गर्ने राजनीतिक काम अदालतले गर्यो, त्यो सच्याउनेछ ।’
अदालतको उक्त फैसला अस्वाभाविक, अप्राकृतिक र राजनीतिक प्रकृतिको भएको प्रचण्डले टिप्पणी गरे । ‘मलाई र हामीलाई के विश्वास छ भने सर्वोच्च अदालतले विगतमा पनि गरेका फैसलामा टिप्पणी भयो र पुनरावलोनको प्रश्न उठ्यो भने पुनरावलोकन गर्ने गरेको छ’ उनले भने ।
अहिले पनि उक्त फैसला पुनरावलोकन हुने विश्वास आफूहरुको रहेको प्रचण्डले बताए ।
‘रिट निवेदकले पार्टी एकता टुटोस् भन्ने चहाना राखेको पनि थिएन, नाम मात्र करेक्सन होस् भन्ने चाहना थियो’ उनले भने, ‘पक्कै पनि सर्वोच्चले पुनरावलोकन गर्छ । ढिलो गर्न हुने पनि छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ चैत्र २०७७, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियान अनिश्चितकालका लागि स्थगित
माओवादी र नेसपा (गंगानारायण श्रेष्ठ) समूहबिच पार्टी एकता
गिरिजाले म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन: प्रचण्ड
गणतन्त्रको माया त माओवादीलाई छ : हिमाल शर्मा
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड