माधव नेपाल र भिम रावलको सांसद पद अब के हुन्छ ?

सफल खबर संवाददाता

मंगलबार, १७ चैत्र २०७७, ०८ : २७
माधव नेपाल र भिम रावलको सांसद पद अब के हुन्छ ?

काठमाडौं । विपरित गतिविधि गरेको भन्दै ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेसँगै अब उनीहरूको सांसद पद के हुने भन्ने विषय पार्टी र संसदीय दलकै निर्णयमा निर्भर रहने भएको छ । एमालेले नेता नेपाल र रावललाई कारबाहीस्वरूप निलम्बन गर्ने निर्णय गरे पनि सांसद पदको विषयमा भने पार्टीको संसदीय दल र केन्द्रीय कमिटीले लिने निर्णयमा निर्भर रहने भएको हो ।

गत साता बसेको एमाले केन्द्रीय कमिटी र दलको दुवै बैठकले अध्यक्ष ओलीलाई संसद् सचिवालय, संवैधानिक आयोगलगायत पार्टीका तर्फबाट पत्राचार गर्ने अधिकार दिएको थियो । बैठकले पार्टी तथा सांसदबाट निलम्बन गर्न सक्ने अधिकार पनि अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको थियो।राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १८ मा विधानविपरीत काम गर्ने वा दलको आचारसंहिता पालना नगर्ने सदस्य वा पदाधिकारीलाई विधानमा व्यवस्था भएबमोजिम दलले कारण खुलाई अनुशासनात्मक कारबाही गर्न सक्ने व्यवस्था छ। ऐनको दफा २८ मा संसदीय दलको नेताले दलका सांसदहरूलाई निर्देशन दिन ९ह्विप जारी गर्न० सक्ने व्यवस्था छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १८ मा विधानविपरीत काम गर्ने वा दलको आचारसंहिता पालना नगर्ने सदस्य वा पदाधिकारीलाई विधानमा व्यवस्था भएबमोजिम दलले कारण खुलाई अनुशासनात्मक कारबाही गर्न सक्ने व्यवस्था छ। ऐनको दफा २८ मा संसदीय दलको नेताले दलका सांसदहरूलाई निर्देशन दिन ९ह्विप जारी गर्न० सक्ने व्यवस्था छ।

ह्विपको उल्लंघन भए वा निर्देशन पालना नगर्ने सदस्यको विवरण सचेतकले सम्बन्धित दलको केन्द्रीय समितिलाई दिनुपर्नेछ। यसरी विवरण प्राप्त भएपछि दलको केन्द्रीय समितिले सुनुवाइको मौका दिई स्पष्टीकरण चित्तबुझ्दो नभए त्यस्तो सदस्यलाई दलबाट निष्कासन गर्न सक्ने व्यवस्था छ। ऐनको दफा ३४ अनुसार दलबाट निष्कासन गरिए त्यसको निर्णयसहितको सूचना सम्बन्धित संसदीय दलले संसद सचिवालयलाई दिनेछ।  

केन्द्रीय कमिटीको निर्णय अभिलेखीकरणका लागि आयोगमा पठाउनुपर्ने भए पनि ६ महिना निलम्बन गर्ने आन्तरिक कारबाही भएकाले तत्काल निर्वाचन आयोगमा भने पठाउनुपर्नेछैन। तर एमालेको केन्द्रीय कमिटीले सांसदलाई ६ महिनासम्म निलम्बन गर्ने अधिकार पार्टी अध्यक्ष ओलीलाई दिएकाले सांसद पद के हुने भन्ने पनि ओलीकै निर्णयमा निर्भर रहने बताए। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस