एक साताभित्रै संसदको अधिवेशन अत्य गर्ने तयारीमा प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

मंगलबार, १७ चैत्र २०७७, ०८ : ०३
एक साताभित्रै संसदको अधिवेशन अत्य गर्ने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । पूर्नस्थापित प्रतिनिधीसभाको जारी अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार जुटेको छ । सरकारले यसका लागि आवश्यक तयारी शुरु गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् । ‘संसद विघटन भएको र फेरि पूर्नस्थापित भएको कारण यो हिउँदे अधिवेशन ढिला शुरु भएको हो, अब बजेट अधिवेशन शुरु गर्नुपर्ने भएकोले अधिवेशन अव छिटै अन्त्य गर्ने तयारीमा सरकार जुटेको छ,’ भटटराईले सफलखबरसँगको कुराकानीमा भने ।

प्रधानमन्त्री केपी ओलीले संसदको हिउँदे अधिवेशन १७ पुससम्म बोलाउनै पर्ने सम्वैधानिक बाध्यतामा रहेकै बेला पार्टीभित्र अल्पमतमा परेपछि हठात् उनलाई अधिकार नै नभएको अधिकारको दुरुपयोग गरेर गत पुस ५ मा प्रतिनिधीसभा विघटनको निर्णय लिएका थिए । तर उक्त निर्णयलाई सर्वाेच्च अदालतले अवैध ठहर गरेर संसदको अधिवेशन बोलाउने मिति सहितको निर्णय सुनाएपछि सरकारले पूनस्थापित संसद २३ फागुनबाट बोलाएको थियो । तर यो बीचमा पाच पटक संसदका बैठक बसेपनि सरकार स्यवंले बिजनेस नदिएका कारण संसद प्रभावकारी रुपमा सञ्चालन हुन सकिरहेको छैन् । सभामुख र प्रधानमन्त्रीका बीचमा पनि यो बीचमा निक्कै टसल बढेको थियो ।

यद्यपी, आइतबार मात्रै प्रधानमन्त्री र सभामुखका बीचमा दुई घण्टा लामो एक्लाएक्लै भेटवार्तापछि वातावरण अलिक संग्लिन थालेको बुझाई सांसदहरुमा देखिन्छ । सरकारले यो अधिवेशनलाई अब धेरै लम्ब्याउन नचाहेको संकेत प्रधानमन्त्री ओलीले सभामुख सापकोटासँग पनि गरिसकेको बताइन्छ । ओलीले आफ्नो दलको संसदीय दलको बैठकमा अव संसदको जारी अधिवेशन धेरै दिन नचल्ने जानकारी गराईसकेका थिए । ओलीको स्वेच्छाचारिता, असम्वैधानिक गतिविधि र प्रतिगमनकारी कदमका कारण उनको बिदाई गरेर नयाँ सत्ता समिकरण बनाउनु पर्ने माओवादी केन्द्र लगायतका राजनीतिक पार्टीहरुको योजना संसदको अंकगणितका कारण सम्भव हुन सकिरहेको छैन् । 

सरकारले यो अधिवेशनलाई अब धेरै लम्ब्याउन नचाहेको संकेत प्रधानमन्त्री ओलीले सभामुख सापकोटासँग पनि गरिसकेको बताइन्छ । ओलीले आफ्नो दलको संसदीय दलको बैठकमा अव संसदको जारी अधिवेशन धेरै दिन नचल्ने जानकारी गराईसकेका थिए । ओलीको स्वेच्छाचारिता, असम्वैधानिक गतिविधि र प्रतिगमनकारी कदमका कारण उनको बिदाई गरेर नयाँ सत्ता समिकरण बनाउनु पर्ने माओवादी केन्द्र लगायतका राजनीतिक पार्टीहरुको योजना संसदको अंकगणितका कारण सम्भव हुन सकिरहेको छैन् । 

सर्वाेच्च अदालतले नेकपाको एकता बदर गरेर माओवादी केन्द्र र एमाले नै ब्यूँताईदिएपछि ओली संसदमा पनि बलियो पोजिसनमा छन् । तर उनीसँग एक्लैको सरकार चलाउन आवश्यक बहुमत भने छैन् । माओवादी केन्द्रले तीन वर्ष अगाडी नै गरेको समर्थन अहिलेसम्म कायम राखेका कारण मात्र प्राविधिक रुपमा ओली नेतृत्वको सरकार बहुमतमा छ । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको केही दिनभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएपछि ओलीलाई अब सरकारको तालाचावी जोगाउन जसपालाई साथ नलिई नुहने देखिएको छ ।

त्यसैका लागि अहिले सरकारले सिधै जसपासँग सम्झौता गर्ने भन्दा पनि जसपाले उठाउँदै आएको रेशम चौधरी लगायतको रिहाईका लागि थारुहट संर्घष समितिसँग वार्ता गर्ने गरी सरकारले वार्ता टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा सरकारले थारुहट आन्दोलनकारीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । यताबाट आफ्नो सत्ता जोगाउने अस्त्र फँयाकेपछि सरकारले संसद अधिवेशन अन्त्यको तयारी थालेको हो । काँग्रेस, माओवादी केन्द्र र जसपा मिल्ने र सरकारको नयाँ समिकरण बनाउने सम्भावना क्षीण बन्दै गएको अवस्थामा ओलीले अब धेरै दिन संसद नलम्वाई बजेट अधिवेशनको तयारीमा जुट्न खोजेका हुन् ।

अहिलेको संसद चालु राख्दा र संसदलाई कुनै बिजनेस दिदा आफ्नै पार्टी एमालेभित्रको माधव नेपाल पक्षले असहयोग गर्न सक्ने भय ओलीमा छ । त्यसकारण पनि तत्काल अब संसदलाई बिजनेस नदिएरै अन्त्य गराउने तयारीमा सरकार छ । तर सरकारी एमालेका नेताहरु भने बजेट अधिवेशनका लागि अबको महिना दिनमा अर्काे अधिवेशन अनिवार्य बोलाउनै पर्ने भएकाले अहिले यो अधिवेशन भने अन्त्य गर्ने तयारीमा सरकार रहेको बताउन थालेका छन् ।

जेठ १५ मा सम्वैधानिक ब्यवस्था अनुसार पनि सरकारले संसदमा बजेट पेश गर्नुपर्ने हुन्छ । त्यस अगाडी नै सरकारले आफ्नो नीति तथा कार्यक्रम ल्याउने, त्यसलाई पारित गर्ने, प्रिबजेट छलफल गराउनुपर्ने र बजेट ल्याउनुपर्ने बाध्यता हुन्छ । ‘त्यसैले पनि आगामी वैशाख तेश्रो साता तिर बजेट अधिवेशन बोलाउनै पर्ने सरकारलाई बाध्यता छ, अनि अहिले संसदको जारी अधिवेशन अन्त्य गरेर बजेट अधिवेशनको तयारीमा जुट्न मात्र सरकारले खोजेको हो,’ एमाले प्रमुख सचेतक भट्टराईले भने । 
 

प्रतिक्रिया दिनुहोस