काठमाडौं । उपत्यकासहित देशभर फैलिएको तुवाँलो कहिले हट्छ भन्नेमा जल तथा मौसम विभागनै अन्योलमा परेको छ ।
विभागले मौसम विश्लेषणका आधारमा आगामी ३ दनसम्म बायुमण्डल स्थिर अवस्थामा रहिरने भएकाले तुवाँलोको विषय तत्काल हट्ने अवस्था नरहेको बताएको छ ।
त्यसपछिका दिनमा मौसम थोरै चलायमान हुने देखिएपनि तुवाँलोको अवस्था डडेलाको अवस्थामा निर्भर रहने विभागका प्रवक्ता सनत कुमार रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तुवाँलोका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले आवश्यक कार्यबाहेक घरबाट ननिस्कन र निस्कनु परेमा आवश्यक सतर्कता अपनाउन पनि विभागले अपिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १६ चैत्र २०७७, २० : ३९
लेखकबाट थप