यसकारण बन्द हुने बाटोमा १ सय ४१ नर्सिङ कलेज

पत्रपत्रिकाबाट

सोमबार, १६ चैत्र २०७७, ०७ : ५९
यसकारण बन्द हुने बाटोमा १ सय ४१ नर्सिङ कलेज

काठमाडौं । चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार मापदण्ड नपुगेका १ सय ४१ नर्सिङ कलेज संकटमा पर्ने भएका छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएका ९०, पूर्वाञ्चल विश्वविद्यालयका ४३ र पोखरा विश्वविद्यालयबाट सम्बन्धन पाएका ८ निजी नर्सिङ कलेज मापदण्ड पूरा नगरे बन्द हुने भएका हुन्। 

ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न एक सय बेडको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था छ । सीटीईभीटीबाट सम्बन्धन लिएर १ सय १३ वटा कलेजमा प्रमाणपत्र तहसरहको नर्सिङ पठनपाठन भइरहेको छ । तीमध्ये ९० वटा कलेजको आफ्नै एक सय शय्याको अस्पताल नभएको सीटीईभीटीले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस