थप ८९ जनामा कोरोना सङ्क्रमण

रासस

आइतबार, १५ चैत्र २०७७, २१ : २३
थप ८९ जनामा कोरोना सङ्क्रमण

काठमाडौंँ । गत २४ घण्टामा दुई हजार १०१ जनामा पिसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८९ जनासँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ८३९ पुगेको छ । हाल क्वारेन्टिनमा ५७ जना छन । त्यसैगरी आइसोलेसनमा एक हजार २८२ जना छन् । 

विगत २४ घण्टामा ९५ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार ५३० पुगेको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार २७ पुगेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस