होली पर्वमा आवञ्छित गतिविधि हुन नदिन ट्राफिक चेकिङमा कडाई

रासस

आइतबार, १५ चैत्र २०७७, १५ : ५३
होली पर्वमा आवञ्छित गतिविधि हुन नदिन ट्राफिक चेकिङमा कडाई

काठमाडौं । होली पर्वमा आवञ्छित गतिविधि हुन नदिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा कडाई गरेको छ । ट्राफिक प्रहरीले अवाञ्छित गतिविधि, दुर्घटना र कोरोना महामारीलाई ध्यानमा राखेर आज बिहानै देखि सवारी चेकिङलाई कडाई गरेको हो ।

काठमाडौं उपत्यकाका चोकचोकमा ट्राफिक चेकिङ भइरहेको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, क्षमता भन्दा बढी यात्रु बोक्ने लागयतका सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले बताएको छ ।

सरकारले पनि कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सार्वजनिक स्थलहरुमा भिडभाड नगर्न र होली नखेल्न आग्रह गरेको छ । हिमाली र पहाडी जिल्लाहरुमा आज होली पर्व मनाइँदै छ भने तराईमा भोली मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस