टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु

रासस

आइतबार, १५ चैत्र २०७७, १२ : ३४
टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु

सांकेतिक तस्वीर

काठमाडौँ ।  काठमाडौंको कलङ्कीमा टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । गतराति बल्खुबाट थानकोट जाँदै गरेको बा १ ख ५८९३ नम्बरको टिप्परले ठक्कर दिँदा करिब २५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

टिप्पर चालक ३० वर्षीय युवक थोकरलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले बताए ।

मकवानपुर घर भएका चालकलाई महानगरीय प्रहरी वृत कालिमाटीमा राखिएको छ । जेब्राक्रसमा बाटो काट्दै गरेका पैदलयात्रीलाई टिप्परले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस