कोरोना अपडेट : थपिए ८५ जना कोरोना संक्रमित, ३ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०७७, १५ : ५२
कोरोना अपडेट : थपिए ८५ जना कोरोना संक्रमित, ३ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमित थपिएसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७६ हजार ७ सय ५० पुगेको छ । स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ४ सय  ३५ पुगेको छ । हाल देशभर १ हजार २ सय ८८ जना सक्रिय संक्रमित रहेका  छन् ।

प्रतिक्रिया दिनुहोस