रुपन्देही । रुपन्देहीमा १९ बर्षीया एक युवतीलाई बलात्कार पछि हत्या प्रयास गर्ने एक युवालाई त्यहाँको प्रहरीले पक्राउ गरि हिरासदमा राखेको छ । चैत्र ७ गते बिहान तिलोत्तम नगरपालिका वडा ११ को हरियाली बनमा १९ बर्षीया युवतीलाई जवरजस्ती करणी पछि ज्यान मार्ने उद्योगमा संलग्न सोही स्थानका २३ बर्षीय सुरेश थारुलाई पक्राउ गरि हिरासदमा लिईएको बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रितमसिंह राठौरले जानकारी दिए ।
उनका अनुसार निजले बलात्कार गरि सके पछि तीनै युवतीले बोकेको झोलाको डोरीले गला कसेर हत्याको प्रयास गरेका थिए । उनीहरु आपसमा चिनजानका थिए ।
एउटै बिद्यालयमा पढेका र युवती भन्दा दुई तिन ब्याच सिनिएर थिए ती युवा । निज बिरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता भई अनुसन्धान भई रहेको डिएसपी राठौरले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ चैत्र २०७७, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सात वर्षिया बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ
किशोरी छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ
महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका नेता पक्राउ
१३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ