फ्रान्समा एकैदिनमा झण्डै ४२ हजार नयाँ संक्रमित भेटिए, ८ सय ७९ जनाको मृत्यु

रासस

शनिबार, १४ चैत्र २०७७, १३ : ५८
फ्रान्समा एकैदिनमा झण्डै ४२ हजार नयाँ संक्रमित भेटिए, ८ सय ७९ जनाको मृत्यु

पेरिस ।  फ्रान्समा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै ४२ हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा ४१ हजार ८६९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।   

त्यसैगरी अरु ८ सय ७९ जनाको कारोनाभाइरसकै कारण मृत्यु भएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  फ्रान्समा अहिलेसम्म कोरोनाभाइरसबाट ४४ लाख ६५ हजार ९५६ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्क छ ।  

अघिल्लो बर्ष सन् २०२० को जनवरीदेखि अहिलेसम्म फ्रान्समा कोरोनाभाइरसका कारण ९४ हजार २७५ जनाको मृत्यु भएको छ । कुल सङ्क्रमितहरुको सङ्ख्याका आधारमा फ्रान्स पाँचौ अग्रस्थानमा रहेको छ ।

सवैभन्दा बढी अमेरिकामा सङ्क्रमित रहेका छन् भने त्यसपछि क्रमशः ब्राजिल, भारत र रुसमा धेरै सङ्क्रमितहरु रहेका छन् । फ्रान्समा भन्दा पछाडी छैठौ स्थानमा बेलायत रहेको छ । (सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस