काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक सुरु

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०७७, १२ : ३६
काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक सुरु

file-photo

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएपछि काँग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको हो । बैठकले जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बुझिएको छ । 

मस्तिष्काघात कारण शुक्रबार राति नर्भिक अस्पतालमा निधन भएका जोशीको पार्थिव शरीर आजै पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिँदैछ । जोशी इमान्दार नेताका रुपमा परिचित थिए । 

प्रतिक्रिया दिनुहोस