हिमचितुवा घिमिरे खोतेजुसँग भिड्दै

रासस

शनिबार, १४ चैत्र २०७७, ११ : ३४
हिमचितुवा घिमिरे खोतेजुसँग भिड्दै

काठमाडौं । युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१ ’को तयारी पूरा गरेका छन्  ।  आइतबार जापानको टोकियो शहरमा आयोजना हुने सो महोत्सवमा उनले जापानका  बक्सर खोतेजुसँग भिडन्त गर्दै छन् । विश्वचर्चित सो भिडन्त हेर्न १० हजार भन्दा बढी जापानीले टिकट लिइसकेका जनाइएको छ ।  

अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले  बुबाकै विशेष प्रशिक्षणमा महोत्सवको तयारी गरेका हुन् । उनले आज समाजिक सञ्जाल मार्फत महोत्सवको आवश्यक तयारी पुरा भएको जनाए।  

प्रशिक्षक  देवले  पनि सामाजिक सञ्जालमा भनेका छन् “ नेपाली बक्सर ‘के वान फेस्टिबल २०२१ ’मा छनोट हुनु आफैमा प्रतिष्ठाका विषय हो ।  म महोत्सवमा भाग लिएका  अविवरलाई माया ,साथ र समर्थन गरिदिन  विशेष आग्रह गर्दछु  ।” 

महोत्सवमा विश्वका चर्चित बक्सरलाई मात्र खेलाइने गरिन्छ । हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरल सो महोत्सवमा भाग लिने कम उमेरका पहिलो नेपाली युवा खेलाडी हुने बताइएको छ ।

    

प्रतिक्रिया दिनुहोस