काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ । बिहान ११ बजे बस्ने भने पनि बैठक केही ढिलो गरी सुरु हुने जनाइएको छ । उक्त पक्षमा नेता रघुजी पन्तका अनुसार शुक्रबारको संसदीय दलको बैठकबारे नेताहरुले केन्द्रीय सदस्यलाई ब्रिफिङ गर्ने छन् ।
उनले भने, ‘हिजो संसदीय दलको बैठकमा सहभागी हुनुभएका नेताहरुले त्यहाँ भएको गतिविधिबारे केन्द्रीय सदस्यलाई जानकारी दिनुहुन्छ । साथै अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि परामर्श गर्छौं ।’ आजको छलफल हिजोका छलफल कै निरन्तरता भएको उनको भनाइ छ ।
शुक्रबार पनि कलंकीस्थित एक प्यालेसमा खनाल-नेपाल पक्षका केन्द्रीय सदस्य र सांसदहरुबीच छलफल भएको थियो । सोही छलफलपछि नेता खनालको नेतृत्वमा नेपाल र भीम रावलबाहेकका सांसदहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सांसद संसदीय दलको बैठकमा सहभागी भएका थिए ।
सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गरी साविकको एमालेमा र माओवादी ब्युँत्याएपछि एमालेमा अध्यक्ष ओली र खनाल र नेपाल समूहबीचको विवाद उत्कर्षमा छ ।
ओलीले एमाले ब्यूँतिँदा पनि एकलौटी निर्णय लिएपछि खनाल–नेपाल पक्षले पार्टीभित्र समानान्तर गतिविधि अगाडि बढाएको छ । खनाल–नेपाल पक्षले केन्द्रीय नेतृत्व बाहेक पार्टी तथा भ्रातृ संगठनमा समानान्तर कमिटी निर्माण गरेको छ ।
पार्टीका एकता जोगाउन ०७५ जेष्ठ २ कै पार्टी संरचनामा जानुपर्ने खनाल नेपाल पक्षको अडान छ । अध्यक्ष ओलीले भने संसद विघटनपछि तत्कालीन ९नेकपा० हुँदा नै आफूले बनाएका कमिटीलाई एमालेको पार्टी कमिटीमा रुपान्तरण गरेका छन् ।
साथै फागुन २८ गते आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएर गरिएका गरिएका निर्णय पनि फिर्ता नलिने अडानमा छन् । ओलीले नेता नेपाल, रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि कारबाहीको तयारी थालेका छन् ।
नेपाल र रावलले पार्टीलाई बुझाएको प्रष्टीकरण कारबाही योग्य भएको ओलीले बताइसकेका छन् । आजको छलफलमा ओलीले कारबाही गरेको खण्डमा कसरी जाने भन्नेबारे पनि विमर्श हुने पन्तले बताए ।
हिजोकै स्थानमा बैठक बस्ने र अहिले त्यहाँ गइरहेको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ चैत्र २०७७, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको केन्द्रीय कमिटी बैठक सुरु
एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्ने
एमाले केन्द्रीय कमिटी बैठक सर्यो
एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक
एमाले केन्द्रीय कमिटी बैठकमा ४२ जनाले राखे धारणा
नेकपा एसको केन्द्रीय कमिटी बैठक स्थगित