महिलाले परिवारबाटै हुने अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको दर बढेको छ। जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदकै छन्।
गत साउनयता अदालतमा ७ सय ६ मुद्दा (गत आवबाट सरिआएका २ सय ८२) रहेकामा ३ सय १० मुद्दा सम्बन्ध विच्छेदका छन्।
यीमध्ये १ सय ९५ मुद्दा फस्र्योट भएको अदालतले जनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र इङनामले परिवारकै सदस्यबाट भएको अन्यायविरुद्ध लड्ने चेतना जागृत भएकाले सम्बन्ध विच्छेदका मुद्दाको संख्या बढेको हुनसक्ने बताए।
‘घर–परिवारमा बेमेल भए पनि अन्याय सहेर बस्ने चलन विस्तारै हटेको देखिन्छ,’ उनले भने, ‘आफूमाथि अन्याय भएको चेतनाले महिला र पुरुषलाई अदालतसम्म ल्याइपु¥याएको हो।’ सम्बन्ध विच्छेदका लागि निवेदन गर्नेमा पुरुषभन्दा महिलाको संख्या बढी छ।
वैदेशिक रोजगारीमा गएर फर्केका युवामा सम्बन्ध विच्छेद गर्ने क्रम सबैभन्दा बढी छ। वैदेशिक रोजगारीमा गएर फर्केका पुरुषले महिलासँग र महिलाले पुरुषसँग सम्बन्ध विच्छेद गर्न चाहेको देखिएको उनले जनाए।
‘धेरैजसो त सम्बन्ध विच्छेद गर्ने तर अंश नलिने भन्दै आउँछन्,’ उनले भने, ‘सम्पत्तिको कारणले भन्दा पति वा पत्नीप्रतिको अविश्वास र स्वतन्त्र भएर बाँच्न चाहने कारणले सम्बन्ध विच्छेद गर्न आएको देखिन्छ।’
उनले कतिपय पति–पत्नी दुवैले सम्बन्ध विच्छेद गर्ने सहमति गरेर अदालत आउने गरेको पनि बताए।नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १४ चैत्र २०७७, ०७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगारीको पीडा : आए पाँच सय बन्द बाकस
वैदेशिक रोजगारीका नाममा दुःख पाएका नेपालीहरूको गुनासो
वैदेशिक रोजगारीमा दक्ष कामदार घटे
युएई र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ