काठमाडौँ । पछिल्लो २४ घण्टामा १ सय ५६ जना कोरोना संक्रमित थपिएसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७६ हजार ६ सय ६५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २४ पुगेको छ ।
मंगलबार ७० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ पुगेको छ । हाल देशभर १ हजार २ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ चैत्र २०७७, १६ : ०९
लेखकबाट थप