ओलीले पेले पनि पार्टीभित्रै बसेर संघर्ष गर्ने माधव नेपाल समूहको निर्णय

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०७७, १५ : ४०
ओलीले पेले पनि पार्टीभित्रै बसेर संघर्ष गर्ने माधव नेपाल समूहको निर्णय

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले केपी शर्मा ओलीले जति पेलेर अगाडि बढे पनि पार्टी छोडेर नभाग्ने निर्णय गरेको छ । माधव नेपाल समूहका नेता रघुजी पन्तले पार्टी कसैको पेवा नभएको हुनाले पार्टीभित्रै बसेर संघर्ष गर्ने बताए । 

पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र त्यसको जवाफलाई लिएर कतिपयले एमाले फुटतर्फ उन्मुख भएको आशंका गरेका बेला माधव नेपाल समूहले पार्टी छोडेर नभाग्ने र पार्टीभित्रै बसेर संघर्ष गर्दै ओली प्रवृत्तिविरुद्ध लाग्ने बताए । पन्तका अनुसार शुक्रबार बोलाइएको संसदीय दलको बैठकमा सांसदहरु जाने स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।

उनले भने, ‘नेकपा एमालेभित्र बसेर पार्टीलाई बलियो, गतिशील बनाउने भूमिका खेल्नेछौँ, कसैको पेलाइ र डसाइले तर्सिनेछैनौँ । विधि पद्धितीमा चलाउन पार्टीभित्रै रहेर संघर्ष गर्नेछौँ । संसदीय दलमा भाग लिएर आफ्ना कुराहरु राख्नेछौँ ।’

नेपाल समूहले २ जेठ २०७५ मा कायम रहेको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेको उनी बताउँछन् ।  पार्टी अध्यक्ष ओली पार्टीको विधान अनुसार अगाडि बढ्छन् भन्ने नलागे पनि उनले गरेको गलत प्रवृत्तिको भण्डाफोर गर्ने बताए । 


 

प्रतिक्रिया दिनुहोस