नेपालबाट भारतमा पेट्रोल र डिजेलको तस्करी गरेको आरोपमा ८४ जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०७७, १२ : २०
नेपालबाट भारतमा पेट्रोल र डिजेलको तस्करी गरेको आरोपमा ८४ जना पक्राउ

file-photo

काठमाडौं । ६ महिनामा नेपालबाट भारतमा पेट्रोल र डिजेलको तस्करी गरेको आरोपमा ८४ जनालाई पक्राउ गरिएको भारतीय गृह मन्त्रालयले जानकारी दिएको छ ।

Yeti Diistillery Tansen Cement box

भारतीय गृह मन्त्रालयले बुधबार त्यहाँको लोक सभामा प्रस्तुत गरेको विवरणमा नेपालमा भारतभन्दा सस्तो मूल्य भएकाले बिहारका विभिन्न जिल्लामा तस्करी हुने गरेको उल्लेख छ ।

भारतको गृह मन्त्रालयले सिमानामा तस्करी रोक्न सशस्त्र सीमा बलले विभिन्न पहलहरु गरेको गृह मन्त्रालयले लोकसभालाई जानकारी गराएको छ ।


 

प्रतिक्रिया दिनुहोस