काठमाडौं । मुद्दा मिलाइदिने भन्दै ७० हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बैंकिंङ कसुरको मुद्दा मिलाई दिने भन्दै नवराज देवकोटाको जाहेरीमा गोरखा मिरकोट ३ घर भई हाल काठमाडौँको कीर्तिपुर मच्छेगाँउ बस्ने ३२ वर्षीय नविन लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले प्रविण श्रेष्ठको परिवारसँग नगद ७० हजार रुपैयाँ ठगी गरेको कसुरमा काठमाडौँ को थापाथली बाट नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ चैत्र २०७७, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ