छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

सफल खबर संवाददाता

बुधबार, ११ चैत्र २०७७, २१ : ००
छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

हेटौंडा । मकवानपुरमा एक छात्रा माथि अभद्र व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।  मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु माध्यमिक विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उजुरी परेको आधारमा शिक्षक किरण पाण्डेलाई उक्त आरोपमा पक्राउ गरिएको हो । बुधबार विद्यालयका तीनजना छात्राले आफुलाई अभद्र व्यवहार गरेको भनी शिक्षक पाण्डेविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले बताए ।

उनका अनुसार उजुरी दर्ता भएलगत्तै पाण्डेलाई पक्राउ गरिएको हो । पाण्डेले फागुन २९ गते शैक्षिक भ्रमणका क्रममा आफूहरुमाथि अभद्र व्यवहार गरेको पीडित पक्षले जनाएको छ । पाण्डेलाई पक्राउ गरी अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको प्रवक्ता रिमालले बताए ।
 

प्रतिक्रिया दिनुहोस