प्रधानमन्त्री ओलीले स्थानीय तहलाई भने–७० प्रतिशत बजेट किन चाहियो, ओढ्ने हो र ?

सफल खबर संवाददाता

बुधबार, ११ चैत्र २०७७, १६ : ३२
प्रधानमन्त्री ओलीले स्थानीय तहलाई भने–७० प्रतिशत बजेट किन चाहियो, ओढ्ने हो र ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कुल बजेटको ७० प्रतिशत बजेट दिन नपर्ने बताएका छन् । स्थानीय तहले कुल बजेटको ७० प्रतिशत बजेट माग गरेपछि ओलीले सबै बजेट स्थानीय तहलाई दिएर केन्द्रले क गर्ने भनेर प्रतिपश्न गरे । उनले यस्तो माग गर्नु उपयुक्त नहुने बताए ।

बुधबार नगरपालिका संघको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले मुलुकको कुल बजेटको ७० प्रतिशत बजेट स्थानीय तहमा पठाउनुपर्ने बताएका थिए । उनीहरुले बजेटजति केन्द्र सरकारले राखेको गुनासो पनि गरेका थिए । ७० प्रतिशत बजेट के गर्ने ? ओढ्ने ओच्छयाउने हो र ?’ उनले भने, ‘सबै बजेट स्थानीय तहलाई दिएर प्रदेश सरकारले के गर्ने ? केन्द्र सरकारले के गर्ने ? 

प्रधानमन्त्री ओलीले जुन सरकारले खर्च गरे पनि अन्तिममा बजेट स्थानीय तहमै पुग्ने बताउँदै प्रधानमन्त्री ओलीले स्थानीय तहसँग खर्च गर्ने क्षमता पनि नभएको दावी गरे । उनले बजेट केन्द्रमा नै राख्ने र स्थानीय सरकारलाई नदिने सोचाइ नभएको बताए । ‘क्षमता भएको ठाउँमा त खर्च नभएर बेहाल छ भने अहिले ७० प्रतिशत बजेट दिएर झन झन् गाह्रो हुन्छ’ उनले भने ।

आफूहरुको प्रयासले सामाजिक क्षेत्रमा नेपाल विकसित देशभन्दा पनि माथि पुगेको प्रधानमन्त्री ओलीले दावी गरे । मेलम्चीको पानी चैत १५ देखि कामठाडौंमा वितरण सुरु हुने उनको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस