जनकपुर । श्रीमानसंगै जनकपुरको एक होटेलमा सँगै बसेकी म्यागदीकी एक महिलाको शव होटेल तल सडकमा फेला परेको छ । रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा श्रीमानसँगै सुतेकी महिला पाँचौ तल्लामा बसेकी उनी होटेलबाट हाम फालेको वा खसालिएको अवस्थामा शव फेला परको हो ।
मृतक म्याग्दीको तत्कालीन बिम गाविस बस्ने ३० वर्षीया सृजना सुनार श्रीपाली रहेको प्रहरीले जनाएको छ । होटेल छेउमै रहेको खानेपानी संस्थानको कम्पाउण्ड भित्र आधा शरिर पानीमा र आधा बाहिर रहेको अवस्थामा उनको शव भेटिएको हो ।
प्रहरीका अनुसार यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन श्रीमानसँगै उनी दुइदिन अघि जनकपुर आएर होटेलमा बसिरहेकी थिइन् । उनका श्रीमान विश्वास सिर्पालीले गएराति १२ बजे सँगै सुतेको र विहान करिब साढे तीनबजे बेडमा नदेखेपछि खोजतलास सुरु गरेको प्रहरी समक्ष बयान दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ चैत्र २०७७, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव
अटो दुर्घटनामा वेपत्ता यात्रुहरु मध्ये २ जनाको शव फेला
सुटकेशभित्र एक महिलाको शव फेला
मर्स्याङ्दी किनारमा शव फेला
नवलपरासीमा बेवारिसे शव भेटियो
धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला