काठमाडौं । प्रतिनिधिसभाको बैठक चैत्र १८ गतेसम्मका लागि स्थगित् भएको छ । अर्को बैठक चैत्र १८ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री लिलानाथ श्रेष्ठले कानून आयोग र महान्याधिवक्ताको वार्षिक प्रतिवेदन पेश गरेका थिए । र, उद्योग समितिका सभापति विमलप्रसाद श्रीवास्तवले पनि समितिको प्रतिवेदन पेश गरेका थिए ।
शून्य समयमा सांसदहरु दिलेन्द्र प्रसाद बडु, गजेन्द्रबहादुर महत, अमनलाल मोदी, अञ्ज्ना विशंखे, आशा कुमारी बिक, ईन्दु कुमारी शर्मा, गगन कुमार थापा, उमा रेग्मी, एकबाल मियाँ, कुृमारी तुलसी थापा, कृष्णप्रसाद दाहाल, कृष्णभक्त पोखरेल, केदार सिग्देल, खगराज अधिकारी, खेम प्रसाद लोहनीलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० चैत्र २०७७, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीको घुस डिलबारे माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ