माधव समूहले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाउँदै

सफल खबर संवाददाता

मंगलबार, १० चैत्र २०७७, १३ : ४१
माधव समूहले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाउँदै

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले विद्यार्थी संगठन अनेरास्ववियुको पनि भेला आयोजना गरेको छ ।मंगलबार काठमाडौंमा अनेरास्ववियुको राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दै समानान्तर गतिविधिलाई निरन्तरता दिएको हो ।

यसअघि नेपाल समूहले अखिल नेपाल महिला संघ र युवा संघको राष्ट्रिय कार्यकर्ता भेला गरेर समानान्तर कमिटी बनाइसकेको छ ।विद्यार्थीको भेलाबाट पनि समानान्तर कमिटी बनाउने नेपाल समूहको तयारी छ ।

विद्यार्थीको भेलामा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायतका नेताहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस