खनाल–नेपाल समूहका नेताहरूलाई स्पष्टिकरणमा के सोधियो ?

मंगलबार, १० चैत्र २०७७, ०७ : ४२
खनाल–नेपाल समूहका नेताहरूलाई स्पष्टिकरणमा के सोधियो ?

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मतियार बनेको आरोप लगाउँदै नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका चार नेतालाई स्पष्टीकरण सोधेको छ । पार्टी केन्द्रीय कार्यालयका तर्फबाट सोमबार चारै नेतालाई पठाइएको छुट्टाछुट्टै पत्रमा तीन दिनभित्र लिखित जवाफ दिन निर्देशन दिँदै जवाफ नआए विधानबमोजिम कारबाही गर्ने उल्लेख छ ।

पार्टी महासचिव ईश्वर पोखरेलको नाममा पठाइएको स्पष्टीकरण पत्रको पहिलो बुँदा नै विघटित नेकपामा छँदा सचिवालयमा आएको दरारबारे उल्लेख छ ।‘तपाईंले साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वरिष्ठ नेतारस्थायी कमिटी सदस्यको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा १९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप तयार गर्न, पार्टी विधानको व्यवस्थाविपरीत छापामार शैलीमा तत्कालीन पार्टी सचिवालयमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झन्डा र लोगोसमेतको अनधिकृत रूपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गरेर वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियारसमेत भई पार्टी हितविपरीत कार्य गरेको र गराउनुपर्नाको कारण के हो रु’ पत्रमा सोधिएको छ ।

पत्रमा सोधिएको छ, ‘पार्टीको विधानविपरीत सडक तथा अनधिकृत स्थानमा बसी अनधिकृत र कानुनविपरीत पार्टी अध्यक्ष ओलीलाई पार्टीको अध्यक्ष र साधारण सदस्यबाटै समेत के कुन आधारमा सडकबाटै कथित निष्कासनको निर्णय गर्नूरगराउनुभएको हो ?’गत चैत ७ गते बसेको केन्द्रीय कमिटीको निर्णयअनुसार वरिष्ठ नेता नेपाललाई १० बुँदे र अरू नेताहरूलाई चारबुँदे पत्र पठाउँदै महासचिव पोखरेलले भनेका छन्, ‘मिति २०७७ चैत ७ गते सम्पन्न नेकपा एमाले केन्द्रीय कमिटीको बाह्रौं बैठकको निर्णयबमोजिम तपाईंले धारा ४९ ९क० को १, २, ३, ४, ५, ६, ७, ९, १० र १४ बमोजिम पार्टी विधानको उल्लंघन गरेकाले कारबाही किन नगर्ने र ?’

एमाले उपाध्यक्ष भीम रावलले भने विधानको धारा ४९ ९क० को १२ को समेत व्यवस्था उल्लंघन गरेको उल्लेख छ । विधानको धारा ४९ ९क० को १२ मा पदीय आचरण वा पार्टी हितविपरीत आर्थिक अनुशासनहीनता या पार्टी सम्पत्तिको हिनामिनामा संलग्न भए कारबाही गर्न सक्ने व्यवस्था छ । नेकपामा हुँदै प्रधानमन्त्री ओली समूहले रावलले पार्टीका नाममा रहेको ३० लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाएको थियो ।

यद्यपि रावलले त्यतिखेरै खण्डन गर्दै आफूमाथि गलत आरोप लगाइएको बताएका थिए । नेताहरूमाथि पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टीभित्र गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टी निर्णय उल्लंघन गरेको, पार्टीप्रति निष्ठा र विश्वास नरहेको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको, पार्टी कमिटीको गोपनीयता भंग गरेको, पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमा रहेको वा विरोधीसँग साँठगाँठ गरेको आक्षेप स्पष्टीकरणमा लगाइएको छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस