काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति वैठक बस्दैछ । अहिले विहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालयमा स्थायी समिति वैठक बोलाईएको स्थायी समिति सदस्य पम्फा भुषालले जानकारी दिइन् । वैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टीका आगामी कार्ययोजनालगायतका विषयमा छलफल हुनेछ ।
सर्वाेच्च अदालतले गत फागुन २३ मा नेकपाको पार्टी एकतालाई बदर गरेर पूर्ववत अवस्थामा एमाले र माओवादी केन्द्र नै ब्यूताईदिने निर्णय गरेपछि माओवादी केन्द्र पार्टीको संगठनात्मक संरचना निर्माण देखि पार्टीको पछिल्लो राजनीतिक धारणा बनाउन जुटदै आएको छ ।
यसअघि फागुन १ र २ मा केन्द्रीय कमिटी बैठक बसेको थियो । उक्त बैठकले बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र एजेण्डामा निर्णय लिने अधिकार स्थायी कमिटीलाई दिएको थियो । उक्त वैठकमा देशभर पार्टीमा के कस्तो अवस्था देखा परेको छ भनी सम्वन्धित प्रदेश कमिटिबाट रिपोटिङ समेत लिने काम भएको थियो ।
आजको वैठकमा सरकारलाई दिईरहेको समर्थनका विषय देखि पार्टी छोडेर एमालेमा लागेका नेताहरुलाई सोधिएको स्पष्टिकरण लगायतका विषयमा पनि आवश्यक निर्णय लिने सम्भावना देखिएको छ ।
माओवादी केन्द्रले ओली सरकारको विकल्पमा कांग्रेस, माओवादी केन्द्र र जसपाका वीचमा सत्ता समिकरण बनाउन प्रयास गरिरहेको थियो । तर जसपाभित्र प्रधानमन्त्री केपी ओली स्वंमले खेलेर भडुवा बाटो अख्तियार गरेको र कांग्रेस सभापति शेरवहादुर देउवा पनि ओलीसँग नरम देखिदै सरकारको नेतृत्वमा अलमल गरिरहेका कारण नयाा सत्ता समिकरणको चित्र प्रष्ट आईसकेको छैन । यसमा पनि नेकपा माओवादी केन्द्रको स्थायी समिति वैठकमा छलफल हुन सक्ने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० चैत्र २०७७, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने
माओवादीले रोकेको मध्यपहाडी लोकमार्गको अभियान भदौ १५ बाट सुरु हुने