काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले आफूसहित पार्टीका शीर्ष चार नेतालाई स्पष्टीकरण सोध्ने अध्यक्ष केपी ओली समूहको निर्णय अबैध भएको बताएका छन्। ‘केपी ओलीजीले मसमेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अबैध छ। यो उहाँको निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक हो’ उनले ट्वीट गर्दै भनेका छन् ।
शनिबार राति ट्वीट गर्दै रावलले राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितको पक्षमा उठाइएको आवाजबाट त्रसित भई विदेशी गुप्तचर प्रमुखसँग राति मन्त्रणा गर्ने, नेपालको संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधिसभा विघटन गर्दै प्रतिगमनको षडयन्त्र गर्ने ओलीले सोधेको स्पष्टिकरण आफूले पूर्ण रुपमा अस्वीकार गर्ने उल्लेख गरेका छन्।
‘अवैध कमिटीको कथित निर्णयबाट मसमेत नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका साथीहरूलाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हास्यास्पद छ। यस्तो निर्णयलाई म पूर्णत अस्वीकार गर्दछु।’ रावलले ट्वीटमा लेखेका छन्।
रावलले फागुन २८ गते मनपरी निर्णय गरी पार्टी विभाजनको रेखा कोर्ने जस्ता क्रियाकलाप किन गरेको भन्ने विषयमा ओलीले जनता र पार्टी पंक्तिलाई स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।
एमालेको शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले रावलसहित वरिष्ठ नेता माधव नेपाल, नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ चैत्र २०७७, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : भीम रावल
प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार छैन : भीम रावल
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने