कोरोना अपडेट : थपिए ७९ जना कोरोना संक्रमित, ८२ जना भए संक्रमणमुक्त

सफल खबर संवाददाता

शनिबार, ०७ चैत्र २०७७, १६ : ४१
कोरोना अपडेट : थपिए ७९ जना कोरोना संक्रमित, ८२ जना भए संक्रमणमुक्त

काठमाडौं । नेपालमा कोरोनाभाइरसका ७९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ६ सय ३७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ७९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या २ लाख ७५ हजार ८ सय २९ पुगेको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा ८२ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार ८ सय १५ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल ९९८ जनामा कोरोनाको सङ्क्रमण सक्रिय रहेको छ । मन्त्रालयले हाल ४७ जना क्वारेन्टिनमा रहेको जनाएको छ । हाल निको हुने दर ९८.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा एक जना कोरोना  संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १६  रहेको छ ।

प्रतिक्रिया दिनुहोस