काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा तीन वर्षदेखि खिया लागेको भन्दै आफूहरु त्यसलाई सफा गरेर नयाँ चमक दिन लागि परेको बताएता छन् । आफ्नो गुटनिकट युवाहरूको भेलालाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालले भने, ‘हामीमा खिया लागेको छ, काइ लागेको छ । मुख गन्हाएर हैरान भइसकेको थियो । अब फेरि हामी दाँत माझ्दैछौं । फेरि ब्रसिङ गर्दैछौं । फोहोर मैलालाई टुथ पेष्टले क्लियर गरेर सफा वायूले सास फेर्नेछौं ।’
उनले आफू भोक–निद्राको ख्याल नगरी संघर्षमा हिँडेको बताएका छन् । आफ्नो गुटनिकट युवाहरूको भेलालाई सम्वोधन गर्दै उनले त्याग र बलिदानबाट मात्रै राजनीतिक लक्ष्य पूरा गर्न सकिने धारणा राखे । ‘तपाईंहरुको युवा जोशभन्दा हाम्रो जोश पनि कम छैन,’ नेपालले भने, ‘हामीलाई भोकको चिन्ता, छैन, निद्राको चिन्ता छैन, ज्यानको परवाह छैन । ’
उनले बिहान घरबाटै खाना बोकेर हिँडेको भए पनि व्यस्तताले अहिलेसम्म खान नभ्याएको सुनाए । तर, एक दिन भोकै बस्दैमा केही परक नपर्ने उनको भनाइ थियो ।
‘आन्दोलनका क्रममा कैयौं दिन भोकै हिँडिएको छ । आज एक दिन भाकै भएर केही बिग्रिँदैन । एक किलो वजन घट्ला । त्यसले राम्रै हुन्छ,’ नेपालले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ चैत्र २०७७, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वराजालाई नेपालको सुझावः शासनमा फर्कन चुनावबाहेक अर्को बाटो छैन
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रूपान्तरणका लागि हुनुपर्छ : माधव नेपाल