काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल सच्चिएर आत्मालोचना गरेर नआए कारवाही गर्ने बताएका छन् ।
बालुवाटारमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओली पक्षको राष्ट्रिय भेलामा नेपाल पक्षले गरेको क्रियाकलाप कम्युनिस्ट आन्दोलनको कलंक भन्दै त्यस भेलाका आयोजक अगुवालाई स्पष्टिकरण सोधिने बताएका छन् ।
उनले पहिलो चरणमा स्पष्टिकरण सोधेर कारवाहीको प्रक्रिया अघि बढाइने प्रष्ट पारेका छन् । बैठकलाई सम्बोधन गर्दै ओलीले भने–‘नेतृत्वलाई खुइल्याउने र सरकारको बदनाम गराउने नियतले भएको उक्त भेला नगर्न मैले र महसचिवले निर्देशन दिदा दिदै पनि कथित भेला गरिएको छ,कम्युनिस्ट आन्दोलनको कलंकको रुपमा चिनिएको भेलाको आयोजक अगुवालाई कारवाही गरिनेछ ।’
आफ्नो राजिनामा माग्नेहरुलाई अविश्वासको प्रस्ताव ल्याउन चुनौति दिँदै ओलीले तर सरकारकोविरुद्ध अविश्वास प्रस्ताव आउने स्थिति नरहेको दाबी गरे । ओलीले पार्टीका बैठक बहिस्कार गरेर अरुकै लागि भेलाहरु गरिरहेको भन्दै माधव नेपालहरुमाथि अनुशासनको कारवाही शुरु हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ चैत्र २०७७, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री ओली
नेपाल र चीनबिचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री ओली
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री ओली
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ: प्रधानमन्त्री ओली
मन्त्री गुप्तालाई प्रधानमन्त्रीले बोलाए बालुवाटार
प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी