लोग्नेले छाडेपछि मुश्किलमा परेकी डेढ महिनाकी सुत्केरीले पाउने भइन् सहयोग

रासस

शनिबार, ०७ चैत्र २०७७, ११ : ३८
लोग्नेले छाडेपछि मुश्किलमा परेकी डेढ महिनाकी सुत्केरीले पाउने भइन् सहयोग

काठमाडौं । सुत्केरीको समस्याबारे सार्वजनिक समाचार पढेर विभिन्न क्षेत्रबाट उनलाई सहयोग गर्ने प्रतिबद्धता आएको छ ।

काठमाडौँ काँडाघारी बस्ने ओखलढुङ्गाकी २१ दिनकी सुत्केरी विनिता भुजेललाई श्रीमान्ले छाडेर गएपछि उनलाईअहिले दैनिकी चलाउन धौधौ परेको छ । समाचारमार्फत विनिताको समस्या थाहा पाएर अमेरिका बस्ने सरिता गुरुङले रु १० हजार र काठमाडौँ निवासी प्रितम काफ्लेले रु १० हजार सहयोगको घोषणा गरिसकेका छन् । 

यस्तै सन्दिप बस्नेतले सुत्केरीका लागि चाहिने आवश्यक खाद्य सामग्री सहयोग दिँदै छन् । अन्य क्षेत्रबाट समेत सहयोग गर्ने प्रतिबद्धता आएको छ । आज केही सहयोग सामग्री उनलाई उपलब्ध गराउने बस्नेतले जानकारी दिए । चौध वर्षअघि

उनीहरुबिच प्रेम विवाह भएको थियो । अहिले २१ दिनकी सुत्केरी हुँदा श्रीमान् कहाँ गए कसैलाई पत्तो छैन । उनले गत फागुन २० गतेदेखि श्रीमान् सम्पर्कविहीन भएको बताइन् । 

अहिले तत्काल ज्याला मजदूरी गर्नसक्ने अवस्थामा नरहेकाले सुत्केरीको समयसम्म केही महिनाका लागि सहयोग पाए त्यसपछि आफैँ ज्याला मजदूरी गरेर दैनिकी चलाउन सक्ने उनले बताइन् । 

प्रतिक्रिया दिनुहोस