काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको एसपी हुँ भन्दै विभिन्न प्रलोभनमा पारेर रकम ठगी गर्दै हिँडेको अभियोगमा चितवन प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ नेत्रावती गाउँपालिका–१ का ४५ वर्षीय विश्वराज पन्त भनिने बुद्धिप्रसाद पन्त भएको प्रहरीले जानकारी दिएको छ । चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार विशेष सूचनाका आधारमा पन्तलाई बिहीबार साँझ खैरहनी नगरपालिकाको पर्सा बजारबाट पक्राउ गरिएको हो ।
निजले चितवनको रत्ननगर टाँडी र खैरहनीको पर्साका विभिन्न होटलमा महिनौँसम्म बसेर खाने र पैसा नदिई हिँड्ने गरेको पनि खुलेको छ । गोरखापत्रमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०७ चैत्र २०७७, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
ठगीको नयाँ रुप : युएईका ‘नक्कली कलेज’को पासोमा नेपाली
अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा महिला पक्राउ
स्लोभाकिया र सर्बिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
कुवेत पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ