ओली पछि माधव–झलनाथ पक्षले बोलायो महिला भेला, नयाँ नेतृत्व चयन गर्ने

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०७७, १४ : ४४
ओली पछि माधव–झलनाथ पक्षले बोलायो महिला भेला, नयाँ नेतृत्व चयन गर्ने

काठमाडौँ । माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले नेतृत्व गरेको नेकपा एमालेले देशभर समानान्तर गतिविधि अघि बढाउने निर्णय अनुसार आफ्ना गतिविधि तीव्र बनाएको छ ।

सर्वोच्च अदालतको फैसलापछि पार्टी अध्यक्ष केपी शर्मा ओली एकलौटी निर्णय गर्दै अघि बढेपछि आक्रोशित माधव–झलनाथ पक्षले बिहीबारमात्रै २ दिने राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरि १७ बुँदे प्रस्ताव पारित गरेको थियो ।

भेलाबाट पारित प्रस्तावअनुसार सो पक्ष शुक्रबारबाटै देशभर जनवर्गीय संगठनहरुको समानान्तर भेलामार्फत नेतृत्व छनोट गर्ने तयारी गरेको हो । सोही क्रममा शुक्रबार अखिल नेपाल महिला संघको राष्ट्रिय भेला डाकिएको हो । शनिबार युवा र १० चैतमा विद्यार्थीहरुको भेला डाकेको छ । 

काठमाडौँको कालीमाटीस्थित एक पार्टी प्यालेसमा बोलाइएको महिला भेलाले नयाँ नेतृत्व चयन गर्नेछ । यसअघि गत फागुन २८ गते अध्यक्ष केपी शर्मा ओली पक्षले महिला भेला बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस