खुला सिमाना: रोकिएन इन्धन तस्करी

रासस

शुक्रबार, ०६ चैत्र २०७७, १४ : १३
खुला सिमाना: रोकिएन इन्धन तस्करी

काठमाडौं । नेपाल आयल निगमको ढुवानीकर्ता जय गौरीशङ्खर ढुवानी सेवा प्रालिको नाममा रहेको ट्याङ्करलाई नेपाल प्रहरीले गत फागुन २ गते नियन्त्रणमा लियो । उक्त ट्याङ्करको चेम्बर र फ्युल ट्याङ्कमा एक हजार ३६० लिटर डिजेल अनधिकृतरुपमा भारततर्फ लैजाँदै गरेको भेटिएपछि प्रहरीले कारवाही गरेको थियो ।

यसपछि निगमले सो ट्याङ्करमा इन्धन भर्ने पर्साको जगरनाथपुरस्थित श्वेता आयल सेन्टरलाई निगमले सिलबन्दी गरी कारवाही प्रक्रिया अगाडि बढायो । इन्धन चोरीमा संलग्न उक्त ट्याङ्करलाई पनि निगमले पेट्रोलियम पदार्थ ढुवानी नियमावली, २०७३ तेस्रो संशोधन अनुसार कारवाही प्रक्रिया ग¥यो । 

केही महिनाअघि भारतबाट पेट्रोल लोड गरी आएका दुई ट्याङ्करमा फल्स चेम्बर बनाई इन्धन चोरी तस्करी गरी ठगी गरेको पाइएपछि निगमले थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० लाई पत्र काट्यो । प्रहरी अनुसन्धनबाट उक्त दुई ट्याङ्करले फल्स चेम्बर बनाई इन्धन लुकाइ भारत लगेर बेच्ने र निगमलाई हानी नोक्सानी पु¥याएर ठगी गरेको पुष्टि भयो । सो प्रकरणमा संलग्न बाराका अमलेखगञ्ज–६ का अजय लामा र विकेश लामालाई पक्राउ गरी ब्यूरोले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । 

केही दिनअघि सशस्त्र प्रहरी बल ९एपिएफ०को टोलीले कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ बाट विभिन्न सात ट्याङ्करमा फल्स बटम बनाएर अवैधरुपमा भारत लैजाँदै गरेको अवस्थामा चार हजार २०० लिटर डिजेल बरामद ग¥यो । बरामद गरिएको डिजेल कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ । 

प्रतिक्रिया दिनुहोस