प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले दुईवटा प्रतिवेदन पेश गर्ने कार्यसूची

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०७७, ०९ : २५
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले दुईवटा प्रतिवेदन पेश गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज (शुक्रबार) बस्दै छ। दिउँसो १ बजेदेखि नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु हुने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

यसका साथै बैठकमा संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।  सर्वोच्चको फैसलासँगै प्रतिनिधि सभा व्युँतिए पनि सरकारले ‘विजनेश’ नदिदा प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ ।