कांग्रेस नेता अशोक कोइरालाको निधन

सफल खबर संवाददाता

विहीबार, ०५ चैत्र २०७७, ०९ : ४०
कांग्रेस नेता अशोक कोइरालाको निधन

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं विराटनगरका पूर्व मेयर अशोक कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ । गएराति १ बजे उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो ।

निमोनियाको समस्या झेलिरहेका उनी घरैमा अचानक अचेत भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । कोइराला राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष,  दोश्रो संविधानसभाका सदस्य एवं विराटनगरका पूर्व मेयर बनेका थिए । उनी नेपाली काँग्रेस मोरङका पूर्व सभापति समेत रहेका थिए । कोइराला हात नेपाली काँग्रेस महासमिति सदस्य थिए ।

अशोक पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति सुशील कान्छा भाइ हुन् । कोइरालाको बिहीबार दिउँसो १ बजे विराटनगरस्थित सिंगीया खोलामा अन्तिम संस्कार गरिने पारिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस