जनता समाजवादी पार्टीको कार्यकारी समितिको बैठकले के गर्ला निर्णय ?

सफल खबर संवाददाता

विहीबार, ०५ चैत्र २०७७, ०८ : ३१
जनता समाजवादी पार्टीको कार्यकारी समितिको बैठकले के गर्ला निर्णय ?

काठमाडौं । नयाँ सत्ता समिकरणमा तानातानमा परेको र अझै अनिर्णयको बन्दी बनिरहेको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठक आज बस्दैछ ।

दिउँसो बस्ने बैठकले सरकारको भावी समिकरणका विषयमापनि छलफल गर्ने तयारी छ । प्रधानमन्त्री केपी ओली सरकारको नेतृत्वमा अल्पमतमा परेपछि नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको छ ।

सरकार गठनको ४ विकल्प मध्येको तीन विकल्प प्रधानमन्त्री ओलीका लागि खुल्ला छ भने अर्काे एउटा विकल्प ओली बाहेकका लागि खुल्ला छ । ओलीले आफ्नो नेतृत्वकै सरकारलाई टिकाउन जसपाका नेताहरुलाई फकाउने प्रयास तिव्र बनाईरहेका छन् । जसपाभित्र पार्टी नै विभाजन गर्ने गरी सम्म ओलीले खेल खेलेका छन् । तर काँग्रेस, माओवादी केन्द्र र जसपाका बीचमा संयुक्त सरकार वनाउनु पर्ने मत पनि पार्टीभित्र बलियो छ ।

उपेन्द्र यादव, डा. बाबुराम भट्टराई लगायतका नेताहरु ओलीलाई विदाई गर्नुपर्ने पक्षमा द¥हो गरी उभिएका छन् । महन्थ ठाकुर र राजेन्द्र महतो ओलीको भुलभुलैया प्रस्तावका कारण पनि अलमलमा छन् । 

जसपाले एकचरण काँग्रेस, माओवादी र एमाले तिन वटै पार्टीका नेतासँग सम्वाद गरिसकेको छ । उसले रेशम चौधरीको रिहाई, लाल आयोगको प्रतिवेदन सार्वजनिक र संविधान संसोधनको मुद्दालाई पार्टीको मागका रुपमा तिनै दलसँगको वार्ताका लागि अगाडी सारेको छ ।

काँग्रेस, माओवादी र जसपाको संयुक्त बैठक बसेर थप छलफल गर्ने भनेपनि त्यसमा भने काँग्रेस सभापतिले समय निकाल्न अटेर गरिरहेका कारण सम्भव भईसकेको छैन् । 

आजको छलफलपछि जसपाले सरकारका विषयमा आफनो धारणा बनाउने अपेक्षा अन्य राजनीतिक दलले गरिरहेका छन् । संसदमा ३२ सिट रहेको जसपा सरकार गठनमा अहिले निर्णायक छ । उसले जुन पक्षलाई समर्थन गर्छ, उसैलाई बहुमत पुग्ने देखिएको छ । यसकारण पनि जसपाको बैठकलाई निक्कै चासोका साथ हेरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस