कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना भाइरस पुष्टि , ५५ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

बुधबार, ०४ चैत्र २०७७, १६ : ५७
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा  ९४ जनामा कोरोना भाइरस पुष्टि , ५५ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५ सय १८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ९ सय ५४ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७१ हजार ५ सय ५० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस