अफ्रिकी देश नाइजरमा बन्दुकधारीको आक्रमण परि ५८ जनाको मृत्यु

एजेन्सी

बुधबार, ०४ चैत्र २०७७, ११ : ४०
अफ्रिकी देश नाइजरमा बन्दुकधारीको आक्रमण परि ५८ जनाको मृत्यु

काठमाडौँ । बन्दुकधारीको आक्रमणबाट अफ्रिकी देश नाइजरमा  ५८ जनाको ज्यान गएको छ । मालीसँगको सीमा क्षेत्रमा हिजो मंगलबार भएको आक्रमणमा ५८ जना मारिएका नाइजर सरकारले जनाएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार तिलाबेरी क्षेत्रको बजारबाट चारवटा गाडीमा आउँदै गरेका नागरिकलाई लक्षित गरी बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए । सोही गोलीबारीमा परि ५८ जना स्थानियको ज्यान गएको बताईएको छ । आक्रमणको कुनै पनि समूहले जिम्मेवारी हालसम्म लिएका छैनन् । 

नाइजरमा अहिले दुई वटा विद्रोही समूह सक्रिय रहेका छन् । पश्चिममा माली र बुर्किना फासो नजिक तथा अर्को समूह नाइजेरियासँग सीमा जोडिएको दक्षिण पूर्वी क्षेत्रमा सक्रिय रहेको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस