प्रधानमन्त्री ओलीले राज्यका सबै अंग र साधनश्रोत माथि कब्जा जमाउन खोज्यो : डा. भट्टराई

सफल खबर संवाददाता

बुधबार, ०४ चैत्र २०७७, ०९ : ५३
प्रधानमन्त्री ओलीले राज्यका सबै अंग र साधनश्रोत माथि कब्जा जमाउन खोज्यो : डा. भट्टराई

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका सबै अंग र साधनस्रोत माथि कब्जा जमाएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट छिटो बिदा गर्न नसकेमा इतिहासले माफ नगर्ने बताएका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘‘राज्यका सबै अंग र साधन स्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छाँटकाँट नदेख्दा पनि उनलाई छिटो बिदा गर्न र लोकतन्त्ररसंविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्ने छैन है ।’

प्रतिक्रिया दिनुहोस