आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

बुधबार, ०४ चैत्र २०७७, ०८ : ५५
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी अधिकांश भूभागहरुको मौसम सफा रहने  जनाएको छ ।

पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बुधबार राति भने देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहने छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले बिहान देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको मौसमविदले जानकारी दिएका छन् । हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ।

प्रतिक्रिया दिनुहोस