बढ्न थाल्यो राहदानी बनाउनेको भीड

पत्रपत्रिकाबाट

बुधबार, ०४ चैत्र २०७७, ०८ : ३३
बढ्न थाल्यो राहदानी बनाउनेको भीड

काठमाडौं । विदेश भ्रमण, अध्ययन  तथा  रोजगारीमा  जाने  क्रम बढेसँगै राहदानी बनाउनेको सङ्ख्या बढेको छ । कोरोना  भाइरस  (कोभिड–१९)  महामारीका  कारण  वैदेशिक  भ्रमण तथा  रोजगारीमा  जाने  कम  भएका कारण  महामारीको झन्डै एक वर्ष  राहदानी  बनाउनेको  सङ्ख्या घटेको  थियो  तर  कोरोना  भाइरस सङ्क्रमण  मत्थर  हुँदै  गएपछि  डेढ महिना यतादेखि राहदानी बनाउनेकोे सङ्ख्या बढ्न थालेको हो । 

राहदानी विभागका  निर्देशक  राजेन्द्र  पाण्डेले भने,  “राहदानी  बनाउने  बढेका होइनन् तर पुरानै अवस्थामा राहदानी बनाउनेको   सङ्ख्या   कायम हुन थालेको हो।”उनका अनुसार विगतमा जस्तै अहिले  दैनिक  ४५  हजार  जति राहदानी बन्न थालेको छ। गोरखापत्रमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस