एकथरी अनुहार चियापानमा देखिएनन्, यो राम्रो लक्षण हैन : ओली

सफल खबर संवाददाता

मंगलबार, ०३ चैत्र २०७७, १४ : ४२
एकथरी अनुहार चियापानमा देखिएनन्, यो राम्रो लक्षण हैन : ओली

file photo

काठमाडौँ । नेकपा (एमाले) ले मंगलबार आयोजना गरेको चियापानमा सोही पार्टीका नेपाल, खनाल र गौतम समूह सहभागी नभएकोमा प्रतिक्रिया दिँदै अध्यक्ष केपी शर्मा ओलीले यो राम्रो लक्षण नभएको बताएका छन् ।

‘एकथरी अनुहार आज चियापानमा देखिएनन्,यो राम्रो लक्षण हैन । उहाँहरुले त्यस्तो निर्णय गरेको होइन होला भन्ने म ठान्छु । अझै केही समय बाँकी छ’ उनले भने, ‘भोली गुटगत भेला राख्नुहुन्छ कि राख्नुहुन्न ? कत्तिको तमासा गर्नुहुन्छ ? एक नजर त्यता राखिनेछ । पार्टीलाई धम्क्याएर घुर्क्याएर ठेगान लगाउँछु भन्ने सोचेको छ भने पार्टी विधी विधान अनुसार चल्छ । नचाहिने कुराका अगाडि लत्रिने कुरा छैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नाममा माधव नेपाल पक्षले छुट्टै गुटको भेला गरे कारवाही गर्न सक्ने चेतावनी दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार पार्टीका केन्द्रीय सदस्यहरूका लागि गरिएको चियापान कार्यक्रममा बोल्दै उनले पार्टीमा बसेपछि उच्छृङ्खल गतिविधि गर्न तथा विधान विपरितका काम गर्न छुट नदिइने बताए ।

प्रतिक्रिया दिनुहोस