काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणमा जाने भएकी छन् । राष्ट्रपति चैत ९ र १० गते बंगलादेश भ्रमणमा निस्कन लागेकी हुन् ।
राष्ट्रपति भण्डारीले सोमबार विदेश यात्राको तयारी स्वरुप कोभिड–१९ विरुद्धको खोप लगाएकी हुन् । ‘यहि महिनाको ९ र १० गते एक मित्र राष्ट्रको भ्रमणमा जानु पर्ने भएकोले मैले खोप लगाएँ,’ राष्ट्रपति भण्डारीले टिचिङ अस्पतालमा खोप लगाएपछि सञ्चारकर्मीहरुसँग भनिन् । राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमणलाई लिएर मन्त्रालयमा सुरक्षा, भ्रमण लगायत अन्य तयारी भने भइसकेको परराष्ट्र मन्त्रालयका एक पदाधिकारीले जानकारी दिए ।
राष्ट्रपति भण्डारी बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको शतवार्षिकीको अवसरमा बंगलादेशका राष्ट्रपति मोहम्मद अबदुल हमिदको निमन्त्रणमा जान लागेकी हुन् । रहमान अहिले प्रधानमन्त्री रहेकी शेख हसिनाका पिता हुन् । राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव लगायत उच्च पदस्थ अधिकारीहरु समेत रहने परराष्ट्रमन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ चैत्र २०७७, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्रेरणाका पुञ्ज हुन्: राष्ट्रपति पौडेल
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने राष्ट्रपतिकाे विश्वास
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिका विज्ञ राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस