काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणमा जाने भएकी छन् । राष्ट्रपति चैत ९ र १० गते बंगलादेश भ्रमणमा निस्कन लागेकी हुन् ।
राष्ट्रपति भण्डारीले सोमबार विदेश यात्राको तयारी स्वरुप कोभिड–१९ विरुद्धको खोप लगाएकी हुन् । ‘यहि महिनाको ९ र १० गते एक मित्र राष्ट्रको भ्रमणमा जानु पर्ने भएकोले मैले खोप लगाएँ,’ राष्ट्रपति भण्डारीले टिचिङ अस्पतालमा खोप लगाएपछि सञ्चारकर्मीहरुसँग भनिन् । राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमणलाई लिएर मन्त्रालयमा सुरक्षा, भ्रमण लगायत अन्य तयारी भने भइसकेको परराष्ट्र मन्त्रालयका एक पदाधिकारीले जानकारी दिए ।
राष्ट्रपति भण्डारी बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको शतवार्षिकीको अवसरमा बंगलादेशका राष्ट्रपति मोहम्मद अबदुल हमिदको निमन्त्रणमा जान लागेकी हुन् । रहमान अहिले प्रधानमन्त्री रहेकी शेख हसिनाका पिता हुन् । राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव लगायत उच्च पदस्थ अधिकारीहरु समेत रहने परराष्ट्रमन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ चैत्र २०७७, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ