काठमाडौं । शारीरिक अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा सङ्खुवासभाको जिल्ला अदालत चैनपुरले आठ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालत चैनपुरले १६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै सिलिचोङ गाउँपालिका–१ का पेम्बा शेर्पालाई आठ वर्ष कैद सजायको फैसला सुनाएको हो ।
जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको चैत १ गतेको इजलासले कसूर ठहर गर्दै आठ वर्ष कैद र रु ५० हजार जरिवानाको फैसला सुनाएको अदालतका स्रेस्तेदार कविराज राउतले जानकारी दिनुभयो । सोही फैसलाबाट पीडित बालिकाले पाउने गरी क्षतिपूर्ति बापत रु ५० हजार कसुरदारबाट असुल गरी राहत कोषमा जम्मा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार राउतले जानकारी दिनुभयो ।
शेर्पाले गत मङ्सिर १८ गते बलात्कार गरेको भन्दै आफन्तले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितका आफन्तको उजुरीका आधारमा आरोपित शेर्पालाई प्रहरीले सोही दिन पक्राउ गरेर अनुुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल खाँदबारीमा गत मङ्सिर २० गते गरिएको थियो । शेर्पालाई प्रहरीले कात्तिक २३ गते जिल्ला अदालत चैनपुरमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०२ चैत्र २०७७, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बलात्कार आराेपमा एकजना पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा ४९ वर्षका पुरुष पक्राउ
किशोरीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा युवक पक्राउ
नसाको तालमा बालकले गरे बालिकालाई बलात्कार
छोराको हत्या र छोरीको बलात्कार आरोप लागेका बुबा पक्राउ
नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक प्रकाउ