चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको धुसा गाउँपालिका–१ का २७ वर्षीय महेश फुयाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काँकडभिट्टाबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख १४२० नम्बरको तरकारी बोकेको ट्रक र विपरीत दिशाबाट गइरहेको बा १८ च १३७१ नम्बरको बोलेरो राप्ती नगरपालिका–३ मार्तलपुल नजिक एकापसमा ठक्कर खाएको हो ।
ठक्करबाट तरकारी बोकेको ट्रक सडकबाट १० मिटर तल खस्दा चालक फुयालको घटनास्थालमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सहचालक तनहुँको बन्दीपुर गाउँपालिका–५ का २७ वर्षीय विवेक थापा घाइते भएको प्रहरीले जनाएको छ । घाइते थापाको पुरानो मेडिकल कलजेमा उपचार भइरहेको छ । ट्रक, बोलेरो र चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०२ चैत्र २०७७, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु
बाजुरामा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु
झापामा सवारी दुर्घटनाबाट एक वर्षमा ९५ को मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु
कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
सिमलताल दुर्घटनाको एक वर्ष : ३९ यात्रुको अवस्था अझै अज्ञात